पोखरामा औधोगिक व्यापार मेलाः ७५ प्रतिशत स्टल बुकिङ
पाेखरा | मंसिर १०, २०७९
तस्बिर फाइल
पोखराः पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाका करिब ७५ प्रतिशत स्टलहरु बुकिङ भइसकेका छन् ।
यही मंसिर १६ देखि २५ गतेसम्म आयोजना हुने मेलामा डोम तथा साधारणतर्फका गरी करिब ७५ प्रतिशत स्टल बुकिङ भइसकेको स्टल व्यवस्थापन उपसमिति संयोजक तथा आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य जीवनप्रकाश श्रेष्ठले जानकारी दिए । मेलामा २५० को हाराहारीमा स्टलहरु रहेको जानकारी दिँदै उनले भने,‘गण्डकी क्षेत्रका उद्योगी÷व्यवसायीहरुको उत्पादन तथा नवप्रवर्तनलाई बढावा दिने खालका सामग्रीहरुको लागि हामीले विशेष स्टलको व्यवस्था गरेका छौँ,हामी उहाँहरुलाई स्टल राख्नको लागि हार्दिक आमन्त्रण गर्दछौँ ।’ उनले कृषि,महिला तथा हस्तकलाका सामग्री प्रदर्शनको लागि केही स्टलहरु रिजर्भ राखिएको पनि बताए ।
स्वदेशी उत्पादनको प्रवद्र्धन,बजारीकरण एवं उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेला गराउने उदेश्यले आयोजित मेलालाई भव्य र सभ्य बनाउन सबैजसो तयारी अन्तिम अवस्थामा पुगेको आयोजक संस्थाका महासचिव तथा प्रचार–प्रसार उपसमितिका संयोजक बलराम आचार्यले जानकारी दिए ।
उनका अनुसार मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उत्पादनहरुको प्रदर्शनी तथा बिक्री गरिनेछ । मेलाअन्तर्गत समावेश गरिएका मनोरञ्जनात्मक कार्यक्रम,खानाका स्टलहरुले अवलोकनकर्तालाई सन्तुष्ट बनाउने उनको जिकिर छ । यसैबीच मेलाको मुख्य प्रायोजक पोखराकै प्रतिष्ठित लक्ष्मी हाउसको उत्पादन समृद्धि स्टिल्स रहने भएको छ । नेपालमा बढ्दो भौतिक निर्माण एवं आत्मनिर्भर अर्थतन्त्रको लागि स्वदेशी स्टिल्स कम्पनीहरुले पु¥याएको योगदानको मूल्याङ्कन गर्दै नेपालकै पुृरानो ब्राण्ड राष्ट्रिय औद्योगिक व्यापार मेलालाई समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा रुपान्तरण गरिएको संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बताए ।
‘सिमेण्ट, छड,स्टिल्सलगायतका निर्माण सामग्रीहरु नेपालमै उत्पादन हुनु खुसीको कुरा हो’,उनले भने,‘यसले नेपाली पूँजी नेपालमै राख्न मद्धतमात्र गर्दैन, उद्यमशीलता र रोजगारीलाई पनि प्रोत्साहित गर्छ, मेलाको उदेश्य नै स्वदेशी उद्यमशीलताको विकास भएकाले स्वदेशी उद्योगको प्रवद्र्धन गरिएको हो ।’
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

